arrow

सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश 

न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
prakashman-sing-rawat.jpg

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने बताएका छन् । बुधबार संसदीय सुनुवाइ समिति समक्ष आफ्नो कार्य योजना प्रस्तुत गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

प्रस्तावित प्रधानन्यायाधीश राउतले न्याय परिषद्बाट हुने न्यायाधीश नियुक्ति लगायतका कामकारबाहीलाई प्रभावकारी बनाउने कुरामा आफूले ध्यान केन्द्रित गर्ने योजना रहेको पनि बताए । उनले नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु प्रधानन्यायाधीशको प्रमुख जिम्मेवारी रहेकोप्रति पनि आफू स्पष्ट र प्रतिबद्ध रहेको बताए । 

प्रस्तावित प्रधानन्यायाधीश राउतले न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि आफू त्यत्तिकै सचेत र संवेदनशील रहेको बताए । उनले न्यायालयमा तय गरिएका कार्य योजना कार्यान्वयनका लागि बजेट, जनशक्ति लगायतका विषयमा देखिएको समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय र सहकारी अघि बढाउने पनि बताए । 

उनले भने, ‘न्याय परिषद्बाट हुने न्यायाधीश नियुक्ति लगायतका कामकारबाहीलाई प्रभावकारी बनाई परिषद्प्रतिको विश्वासीयतामा अभिवृद्धि गर्न विशेष जोड दिइनेछ । अदालतमा उपयुक्त कार्य वातावरणका लागि अदालतमा भौतिक पूर्वाधारको विकास र सुधार सम्बन्धी कार्य योजना निर्माण गरी क्रमशः कार्यान्वयन गरिनेछ । प्रस्तुत कार्य योजना कार्यान्वयनका लागि आवश्यक पर्ने बजेट समेतको स्रोतको व्यवस्थापन र परिचालनका लागि नेपाल सरकारलगायतका नेपाल सरकार सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरी सो को सुनिश्चितता गरिनेछ । प्रस्तुत कार्य योजना कार्यान्वयनका लागि नियमित अनुगमन तथा मूल्याङ्कन र आवधिक समीक्षा गरी प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गरिनेछ । नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु मेरो प्रमुख जिम्मेवारी रहेको प्रति म स्पष्ट र प्रतिबद्ध छु । न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि त्यत्तिकै सचेत र संवेदनशील रहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ