arrow

राउतको नाम प्रधानन्यायाधीशमा अनुमोदन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
prakashman-singh-raut-cj-81.jpg

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो। 

समितिले राउतको सुनुवाई बुधबार नै गरेको थियो। समितिमा राउतले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै आफूविरुद्ध परेका उजुरीको खण्डन गरेका थिए ।

संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो ।

बहालवाला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल यही शनिबार सकिँदैछ । 

अब समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ