दशैँ शुरु, बसपार्कमा बढ्यो घर जानेको चहलपहल [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
571
Shares
काठमाडौँ । नेपालीहरुको महान् चाड बडादशैँको आगमनसँगै बालाजु बसपार्कमा राजधानी सहर छाड्नेको चहलपहल बढेको छ ।
विभिन्न कामका लागि राजधानी पढेकाहरु र आजबाट शैक्षिक संस्थाहरुमा बिदा शरु हुने र पारिवारिक मिलनका लागि आफ्नो गाउँ फर्कने हुनाले बसपार्कमा चहलपहल पढेको छ ।
सरकारी कर्मचारीका लागि भने असोज २४ गते बुधबारदेखि दशैँकाे बिदा हुनेछ ।
गत शनिबारदेखि दशैंका लागि टिकटसमेत बुकिङ थालिएको थियो । यद्यपि वर्षाका कारण विभिन्न सडक खण्डहरु बन्द हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।