arrow

विपद्‌पछिको बीपी राजमार्ग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
bp-highway-06-18.jpg

काठमाडौँ । पूर्वलाई राजधानीसँग जोड्ने  बीपी राजमार्ग अहिले पूरै सुनसान छ ।  शनिबार आएको बाढीले राजमार्ग नै कटान गरेपछि अहिले यहाँ कुनै पनि सवारी चल्न सकेको छैन ।

बाढीपहिरोले राजमार्गका विभिन्न स्थानमा कटान गरेको छ । सुनकोशीको किनारमा रहेको राजमार्गमा नदीले बढी कटान गरेको छ ।   रोशी गाउँपालिका ७ सम्म २ ठाउँमा त सडक नै छैन । 

जहिल्यै पनि सवारी आवतजावत भइरहने यो राजमार्गमा सन्नाटा छाएको छ । यो राजमार्गको निर्माणसँगै सहज अनुभव गरेका स्थानीय अहिले त्रासमा बाँचिरहेका छन् । 

बीपी राजमार्गको चौकीडाँडाँ–कालढुंगा खण्ड १८ कि.मि. सडक अवरुद्धको अवस्थामा रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार बीपी राजमार्गको सुनकोसी, खैरेनीटार, खुर्कोट, फोक्सिङटार पुलमा क्षति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ