arrow

बाईस लाखसहित दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
pakrau9.jpg

पोखरा । महोत्तरीको दुई दिनयता स्रोत नखुलेको रु २२ लाखसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मटिहानी नगरपालिका-७ स्थित नेपाल-भारत सीमा नजिकबाट प्रहरीले शुक्रबार रु १० लाखसहित एकडारा गाउँपालिका-४ का २३ वर्षीय ललित महरालाई पक्राउ गरेको हो । 

ज७प ७६२८ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त रकमसहित सशस्त्र प्रहरी बल मटिहानीको टोलीले पक्राउ गरेको हो ।

यसैगरी बुधबार प्रहरीले स्रोत नखुलेको रु १२ लाखसहित सम्सी गाउँपालिका-६ का ४२ वर्षीय शेष हसमत अलीलाई पक्राउ गरेको थियो । 

प्र-०२-००५प ५९९५ नम्बरको मोटरसाइकलमा उक्त रकम बोकेका हसमतलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीको टोलीले मनरासिश्वा नगरपालिका-२ भोल्ही चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धन तथा कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ