arrow

सहकारी पीडितले रवि लामिछानेविरुद्ध मुग्लिनमा देखाए कालोझण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
sahakari-victim-against-ravi-lamichhane.jpg

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मुग्लिनमा कालोझण्डा देखाइएको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुन मुग्लिन पुगेका लामिछानेलाई सहकारी पीडितहरूले नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।

उनीहरुले ‘नयाँ पार्टीको नयाँ काम, सहकारीको पैसा झ्वाम’, ‘स्टन्टबाजी बन्द गर, सहकारीको पैसा फिर्ता गर,’ श्रमजीवी जनताको पैसा खान पाइँदैन, गरिब मार्न पाइँदैन’, सहकारी पीडितलाई न्याय दे, सहकारीको पैसा फिर्ता गर लगायतका नारा लगाएका थिए ।

लामिछानेले सार्वजनिक सुनुवाइ सकेर फर्किने क्रममा मुग्लिन बजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाउँदै नाराबाजी गरेका थिए । नाराबाजी हुँदै गर्कादा प्रहरीले लामिछानेलाई सुरक्षा दिएर आफ्नो गन्तव्यतर्फ पठाएको बताएको छ । 

लामिछानेले सहकारीबाट गोरखा मिडियामा गएको रकमको दुरुपयोग गरेको संसदि छानबिन विशेष समितिले दोषी ठहर गरेको छ । लामिछानेले आजको सार्वजनिक सुनुवाईमा आफूले सहकारी ठगी नगरेको दोहोराएका थिए ।

तर उनलाई संसदीय छानबिन समितिले दोषी देखाएको थियो । उनलाई पक्राउ गर्न कास्की प्रहरीले उर्दी जारी गरेको भए पनि अहिलेसम्म पक्राउ भने गरेको छैन । 



नयाँ