हिमालयन इन्टरनेशनल एक्स्पोमा नेपाली हस्तकलाको सौन्दर्य [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
822
Shares
काठमाडौँ । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले बिहीवारदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘हिमालयन इन्टरनेशनल एक्स्पो’ चलिरहेको छ । शनिबारसम्म चल्ने एक्सपोमा नेपाली हस्तकलाका उत्पादनहरुलाई विशेष ग्राह्यता दिइएको छ ।
साना तथा घरेलु उध्योगमा अल्लो, सिस्नो, बाँस, केरा, केतुकी, भुइँकटहरलगायत प्राकृतिक रेशाबाट बनाइएका उत्पादन– कपडा, झोला, जुत्ता, पश्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हण्डमेड पेपरहरु, पेपर प्याकेजहरु, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान, मह लगायतका खाद्य सामग्री पनि विक्रीमा राखिएका छन् ।
यस्तै पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्स्पोमा समावेश भएका छन् ।