arrow

क्यानाडामा नेपालको कमजोर प्रदर्शन, अभ्यास खेलमासमेत पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
nepal-cricket-lost-24-9-17.jpg

काठमाडौँ । नेपाल एचटी क्यानाडासँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ । गएराति सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको हो ।

क्यानाडामा सम्पन्न लिग २ सिरिज र त्यसपछि टी२० सिरिजको असफलतापछि पनि नेपालको हारको सिलसिला रोकिएको छैन । नेपालले लिग २ सिरिजमा केबल १ अंक जोडेको थियो भने टी–२० सिरिजमा २ खेल ओमानविरुद्ध जितेको थियो ।

नेपालले यो अभ्यास खेल सोमपाल कामीको कप्तानी खेलेको थियो । नेपालले दिएको १४४ रनको लक्ष्य पछाएको एचटी क्यानडाले ३६ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि नेपाल ३९.४ ओभरमा अल आउट हुँदै १४३ रन बनाएको थियो  ।

नेपाल र एचटी क्यानाडाबीचको दोस्रो अभ्यास खेल आज राति र तेस्रो खेल मंगलबार खेल्दैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ