arrow

माछापुच्छ्रे क्रिकेट लिग : पोखरा फिनिक्स र इस्लामिक कङ्कर्सको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
cricket-pokhara-lekhnath.jpg

पोखरा । पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिगअन्तर्गत शनिबार भएको खेलमा पोखरा फिनिक्स र इस्लामिक कङ्कर्स विजयी भएका छन् ।

पोखरा फिनिक्सले आरके भिक्टोरियनलाई ६ विकेट तथा इस्लामिक कङ्कर्सले कुस्मा वारियर्सलाई २ विकेटले पराजित गरेको हो ।

पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको आरके भिक्टोरियनले ८ विकेटको क्षतिमा ९४ रनको योगफल तयार पारेको थियो ।

९५ रन पछ्याएको इस्लामिकले ८दशमलव४ ओभरमा ४ विकेट गुमाउँदै विजय प्राप्त गरेको हो । इस्लामिकका मनोज कोइराला प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको कुस्मा वारियर्सले १६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८० रन जोडेको थियो ।

८१ रनको लक्ष्य पाएको इस्लामिकले १६दशमलव२ ओभरमा ८ विकेट गुमाएर जित हासिल गरेको हाे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ