arrow

डा शर्माले अनाथ बालगृहका बालबालिकालाई एक वर्ष निःशुल्क उपचार गर्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २० आइतबार
sunil-sharma-06-20.jpg

मोरङ । नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनील शर्माले उर्लाबारी नगरपालिका-७ को अनाथ बालगृहमा पुगेर बालबालिकाहरुको एक वर्षका लगि निःशुल्क स्वास्थ्य उपचार र स्वास्थ्य बिमा गरिदिने व्यवस्था गरेका छन् ।

डा शर्माले समाजसेवी मिना बरालले सुदूरपश्चिम, कर्णालीदेखि देशका विभिन्न ठाउँहरुबाट अनाथ बालबालिकाहरु ल्याएर मोरङको उर्लाबारी नगरपालिका वडा ७ मा बालबालिकाहरुको गास,बास,कपास, शिक्षालगायत सबै कुराको व्यवस्थासहित सञ्चालन गरेको अनाथ बालगृहमा रहेका सबै बालबालिकाहरुको नोबेल मेडिकल कलेज विराटनगरमा र काठमाडौं मेडिकल कलेज, सिनामंगल काठमाडौँमा एक वर्षका लगि निःशु्ल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता गरेका छन् । 

शनिबार अनाथ बालगृहमा नेपाली कांग्रेस मोरङका सभापति एवं पूर्व युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, कोशी प्रदेश सभा सदस्य शोभा पालुङ्गासहित कांग्रेस नेता डा शर्मा आफै पुगेर उनीहरुको एक वर्षका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र स्वास्थ्य बिमासमेत गराइदिने प्रतिबद्धता गरेका छन् । 

डा शर्माले शनिबारबाटै प्रतिबद्धता अनुसार निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ