arrow

सन् २०२६ को विश्वकपसम्म जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
jaysurya-24.jpg

काठमाडौँ । पूर्व राष्ट्रिय टिमका कप्तान एवं पूर्व सांसद सनथ जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षक नियुक्त भएका छन् । श्रीलंका क्रिकेट बोर्डले जयसूर्यालाई २०२६ को क्रिकेट विश्वकपसम्मका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसअघि गत जुलाईदेखि जयसूर्या अस्थायी रुपमा श्रीलंकाको प्रशिक्षकको रुपमा रहेका छन् । उनको नेतृत्वमा श्रीलंकाले पछिल्लो समयमा भारत, इङल्याण्ड र न्यूजिल्याण्डविरुद्धको सिरिज खेलेको थियो । 

अब जयसूर्याले पूर्ण रुपमा प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि श्रीलंकाले घरेलु मैदानमै वेस्ट इन्डिजविरुद्ध श्रृंखला खेल्दैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ