arrow

क्यानाडा एचपीसँगको अभ्यास खेलको श्रृंखलामा नेपाल २–१ ले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
nepal-canada-practice-24-10.jpg

काठमाडौँ । नेपालले क्यानाडा एचपीसँगको अभ्यास खेलको श्रृंखला जितेको छ । गएराति सम्पन्न खेलमा नेपालले क्यानाडा एचपीलाई १० रनले पराजित गर्दै श्रृंखला २–१ ले जितेको हो ।

तेस्रो तथा अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य क्यानाडा एचपीले ४४.५ ओभरमा अल आउट हुँदै १७७ रन बनाएको थियो । 

नेपाल यसअघि पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा २० रनको विजयी भएको थियो । 

क्यानाडा भ्रमण अन्तर्गत विश्वकप लिग २ मा नराम्रो प्रदर्शन गरको नेपालले त्यसपछि खेलेको टी–२० ४ मध्ये २ खेल जितेको थियो । 

अब नेपालले अक्टोबर २५ देखि अमेरिकामा शुरु हुने अमेरिका र र स्कटल्यान्डसहितको लिग– २ को त्रिकोणात्मक श्रृंखला खेल्ने तयारी गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ