नेपालका बाढी र पहिरो पीडितका लागि सीजी इलेक्ट्रोनिक्सको नि:शुल्क मर्मत सेवा शुरु
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
599
Shares
काठमाडौँ। हालैको बाढी र पहिरोले नेपालका विभिन्न स्थानमा पुर्याएको क्षति सामना गर्न सिजी इलेकट्रोनिक्सले पीडितहरूलाई सहयोग पुर्याउने उद्देश्यले नि:शुल्क मर्मत सहायता कार्यक्रम सञ्चालनमा ल्याएको छ।
“सहायता सेवा” नामक यस अभियान अन्तर्गत बाढी र पहिरोबाट क्षतिग्रस्त भएका उपकरणहरूको मर्मत नि:शुल्क रूपमा गरिनेछ, यदि ती उपकरणहरू वारेन्टी अवधिमा छन् भने। सिजी इलेकट्रोनिक्सका एलजी, सिजी, गोदरेज, टिसीएल, बेको, सेन्सेइ, माईडिया, क्रोमटन, र केन्ट ब्रान्डका उपकरणमा यो सेवा लागू हुनेछ।
कार्यक्रम अन्तर्गत ग्राहकहरूले १००% नि:शुल्क सेवा शुल्क र स्पेयर पार्ट्स पाउनेछन्। साथै, प्रभावित उपकरण साटासाट गर्न चाहेमा उत्कृष्ट मूल्याङ्कन सुविधा पनि उपलब्ध हुनेछ। यो मर्मत सेवा कार्तिक ९, २०२४ सम्म मान्य हुनेछ र यस अवधिमा आफ्नो उपकरण दर्ता गराएका ग्राहकहरूले सेवा लिन सक्नेछन्।
यो सेवा सिजी इलेकट्रोनिक्सको समुदायप्रति प्रतिबद्धता प्रकट गर्ने एउटा महत्त्वपूर्ण प्रयास हो। प्राकृतिक विपत्तिका बेला पुनर्निर्माण प्रक्रियामा सहयोग पुर्याउन कम्पनीले निरन्तर सहकार्य गर्दै आइरहेको छ।
सेवाका लागि निम्न १६६०-०१-००२११, ०१-५२५०२७७ हेल्प लाइनहरूमा सम्पर्क गरी दर्ता गर्न सकिने छ। साथै यस सेवामा नियम र सर्तहरू लागू हुने कम्पनीले जनाएको छ।