arrow

आठ जुवाडे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
pakrau9.jpg

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले आठ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । सोमबार साँझ करिब ६ः१५ बजे बेसीसहर नगरपालिका वडा नं. ७ पुरानो बैंकचोकबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु सोही ठाउँका खजिन्द्र बहादुर गुरूङको घरमा जुवा खेलिरहेका थिए । विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ४७ हजार आठ सय ८० रुपैयाँ बरामद भएको छ । पक्राउमा परेका घरधनीसहित सबैबिरुद्ध जुवा (तास) कसूरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ