arrow

रतन टाटाको राजकीय सम्मानसहित बिदाइ गरिने, बिहान १० देखि ४ बजेसम्म अन्तिम श्रद्धाञ्जली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
ratan-tata-nano.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारत उद्योग जगतका महारथी रतन टाटाको बुधबार राति निधन भएको छ । ८६ वर्षको उमेरमा बुधबार राति ११ बजे अन्तिम स्वास लिएका टाटालाई अन्तिम श्रद्धाञ्जली दिन उनको पार्थीव शरीर बिहान १० देखि अपरान्ह ४ बजेसम्म पार्थिव शरीर राखिने छ । त्यसपछि उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । 

सन् १९३७ को डिसेम्बर २८ मा जन्मिएका टाटालाई गत सोमबार स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो । पछि उनले आफैँ आईसीयूमा भर्ना भएको दाबीलाई अस्वीकार गरेका थिए । तर बुधबार उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो ।

भारतीय मिडियाहरुले मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा रतन टाटाको उपचारको क्रममा निधन भएको बताएका छन् । रतन टाटाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहले दुःख प्रकट गरेका छन् ।

आफ्नो सादगी र सरल स्वभावका लागि परिचित रतन टाटाले उदारीकरणको युगपछि टाटा समूहलाई आजको उचाइमा पुर्याउन ठूलो योगदान दिएका थिए । 

रतन टाटा सन् १९६१– ६२ मा टाटा समूहमा आबद्ध भएका थिए । यसपछि उनले हार्वर्ड बिजनेस स्कूलबाट एडभान्स म्यानेजमेन्ट प्रोग्रामबाट व्यवस्थापन पढेका थिए ।

सन् १९९१ मा उनी टाटा समूहको अध्यक्ष बने । सन् २०१२ मा सेवानिवृत्त भएका थिए । भारतमा पहिलो पटक पूर्ण रूपमा निर्मित कारको उत्पादन शुरु गर्ने श्रेय पनि उनलाई जान्छ । पहिलो पूर्णतया स्वदेशी रूपमा निर्मित कारको नाम टाटा इन्डिका थियो । 

विश्वकै सस्तो कार टाटा नानो बनाउने उपलब्धि पनि उनको नाममा छ । उनको नेतृत्वमा टाटा समूहले ल्यान्ड रोभर र जगुआर खरिद गरेर अन्तर्राष्ट्रिय हलचल मच्चाएको थियो । उनलाई पद्मविभूषणबाट पनि सम्मानित गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ