arrow

एक अभियन्ताका कार्यकर्ताले अर्का अभियन्तालाई हाने रड, दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
durga-prasaika-karyakarta-crime.jpg

काठमाडौँ ।  अभियन्ता पुण्य गौतममाथि रड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असोज २१ गते राति जोरपाटीस्थित निवास गइरहेका बेला गौतममाथि रड प्रहार भएको थियो । 

जसका कारण उनी गम्भीर घाइते भइ नेपाल मेडिकल कलेजको आईसीयूमा भर्ना हुनु परेको थियो । अभियन्ता गौतम खतरामुक्त छन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा मेडिकल ब्यवसायी दुर्गा प्रसाईका कार्यकर्ताहरू काभ्रेपलान्चोक तेमाल घर भई हाल भक्तपुर च्यामासिहं बस्ने वर्ष ३० का टासी लामा भन्ने संजिव तामाङ र रसुवा नवकुण्ड गाउँपालिका –५ घर भई गोकर्णेश्‍वर नगरपालिका– ४ बस्ने वर्ष ४१ का मिलन भन्ने दिलबहादुर गङदानले सो रड प्रहार गरेको खुल्न आएको छ । 

प्रहरीका अनुसार सो घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिलबहादुर गङदान रहेका छन् ।

प्रहरीको विज्ञप्तिः ज्यान मार्ने उद्योगका फरार व्यक्तिहरु पक्राउ

मिति २०८१।०६। २१ गते राती अं. २१:१० बजेको समयमा काठमाण्डौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बेशीगाँउ स्थित सडक खण्डमा वर्ष ४६ को पुण्य राज गौतम माथि अपरिचित व्यक्तिहरुले रड प्रहार गरी घाईते बनाई फरार भएको र निज घाईते पुण्य राज गौतमको नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, अत्तरखेलमा उपचार भई रहेको भन्ने सूचना पश्चात जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त बौद्धको संयुक्त टोली खटि गई उक्त वारदातमा संलग्न व्यक्तिहरुको खोजतलास गर्ने क्रममा मिति २०८१।०६।२२ गते अं. २२:३० बजेको समयमा रड प्रहार गरी फरार रहेका टासी लामा भन्ने संजिव तामाङलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग कसुर मुद्धा दर्ता गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदानलाई मिति २०८१।०६।२३ गते अं. १५:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ७ गंगाहिटीबाट पक्राउ गरी प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको ।

क) पक्राउ परेका व्यक्तिहरु:-

१) जि. काभ्रेपलान्चोक तेमाल घर भई हाल जि. भक्तपुर च्यामासिहं बस्ने बर्ष ३० को टासी लामा भन्ने संजिव तामाङ ।
२) जि. रसुवा नवकुण्ड गा.पा.वडा नं. ०५ घर भई का.जि. गोकर्णेश्‍वर न.पा. वडा नं. ४ बस्ने वर्ष ४१ को मिलन भन्ने दिलबहादुर गङदान । 

ख) बरामद दशी:-
१. रड थान - १ 
२. मोबाइल थान - ३



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ