arrow

बडादशैँमा प्रधानन्यायाधीश राउत क्वालालम्पुरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २५ शुक्रबार
prakashman-singh-raut-cj-81.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि यही असोज २८ गतेसम्म मलेसियाको राजधानी क्वालालम्पुरमा प्रारम्भ भएको एसिया–प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको सम्मेलनमा सहभागी भएका छन् ।  

मलेसियाको न्यायपालिका विभाग तथा एसिया–प्रशान्त कानून सङ्गठनद्वारा संयुक्त रूपमा आयोजित उक्त सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गए राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानन्यायाधीशका साथ सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल र रजिस्ट्रार विमल पौडेल रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ