arrow

दशैँमा पनि रोकिएन क्रिकेट रङ्गशालाको काम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
gautam-buddha-international-cricket-stadium-chitwan.jpg
फाइल तस्बिर

चितवन । चितवनको भरतपुर महानगरपालिका-१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ ।

रङ्गशाला निर्माण कार्य दशैँमा पनि रोकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ ।

भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो ।

धुर्मुश-सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि वढाएको हो ।

‘हिमालयन कालिञ्चोक बीबीआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ ।

मैदानको माथिल्लो तह फालेर काम थालिएको छ ।

गत साउनमा बिबिआर जेभीले निर्माण कार्य सुरु गरेको हो ।

विसं २०८३ पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी रु ७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

रङ्गशाला निर्माण गर्न चालु आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारले रु ५० करोड विनियोजन गरेका छन् ।

रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । चाडपर्वमा समेत काम नरोकिने प्रमुख दाहालले बताए ।

काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्षरुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ