-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । अमेरिकाले नेपाल विरुद्धको टी–२० क्रिकेट श्रृंखलाका लागि टिमको घोषणा गरेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक श्रृंखला अघि अमेरिका र नेपालले तीन खेलको टी–२० श्रृंखला खेल्न लागेका हुन् ।
अमेरिकाले घोषणा गरेको १५ सदस्यीय टोलीमा अलि खान र एरोन जोन्स टिममा फर्किएका छन् ।
अमेरिकी टिममा मोनांक पटेल (कप्तान), एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तवा र यासिर मोहम्मद रहेका छन् ।
नेपाल र अमेरिकाबीचको टी–२० श्रृंखला नेपाली समय अनुसार आगामी शुक्रबार बिहानदेखि हुनेछ । तीनै खेल टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुनेछन् ।
नेपाली टिम भने क्यानडाको श्रृंखला सकेर अमेरिका पुगिसकेको छ ।