arrow

नेपाली क्रिकेट टोली अमेरिकामा प्रशिक्षणमा व्यस्त [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
team-nepal-24-10-15.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाविरुद्ध खेल्ने टी–२० श्रृंखलाको तयारीका लागि अमेरिकामा प्रशिक्षण गरिरहेको छ ।

नेपालले पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

सबै खेल नेपाली समय अनुसार बिहान ५ः४५ बजेदेखि शुरु हुने छन् । यी खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने छन् ।

यता अमेरिकाले अमेरिकाले घोषणा गरेको १५ सदस्यीय टोलीमा अलि खान र एरोन जोन्स टिममा फर्किएका छन् । अमेरिकी टिममा मोनांक पटेल (कप्तान), एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तवा र यासिर मोहम्मद रहेका छन् ।

नेपाल क्यानाडाबाट सिधै अमेरिका गएको हो । क्यानाडामा खेलेको विश्वकप लिग २ मा गरेको खराब प्रदर्शन र टी–२० श्रृंखलालाई भुलेर नेपाल अमेरिकामा गएको हो । 

टी–२० श्रृंखलापछि नेपालले त्रिदेशीय विश्वकप लिग २ मा सहभागीता जनाउने छ । नेपाल र अमेरिकासहित स्कटल्याण्ड सम्मिलित विश्वकप लिग २ को श्रृंखला २७ अक्टोबरदेखि शुरु हुनेछ ।

nepali-cricket-usa-training (1).jpg
nepali-cricket-usa-training (2).jpg
nepali-cricket-usa-training (3).jpg
nepali-cricket-usa-training (4).jpg
nepali-cricket-usa-training (5).jpg
nepali-cricket-usa-training (6).jpg
nepali-cricket-usa-training (7).jpg
nepali-cricket-usa-training (8).jpg
nepali-cricket-usa-training (9).jpg
nepali-cricket-usa-training (10).jpg
nepali-cricket-usa-training (11).jpg
nepali-cricket-usa-training (12).jpg
nepali-cricket-usa-training (13).jpg
nepali-cricket-usa-training (14).jpg
nepali-cricket-usa-training (15).jpg
nepali-cricket-usa-training (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ