arrow

लागुऔषधसहित तीन जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
laguaaushad-always--.jpg

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरको छ । जसमा दार्चुला, महाकाली नगरपालिका ४ राधाकृष्ण चोकस्थित पारस बियर बार एण्ड फाष्ट फुड होटलबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ करिब ५३ ग्राम ४० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल १ थानसहित होटल संचालक दुहुँ गाउँपालिका २ हिकिला बस्ने ४४ वर्षीय कलम सिंह डडाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त होटलमा चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै दाङ, घोराही उपमहानगरपालिका १४ तीनकुने चोक बस्ने २० वर्षीय सरोज सुनारलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ८० मिलिग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही उपमहानगरपालिका १४ पुष्पाञ्जली टोल बस्ने ३० वर्षीया मनकुमारी सुनारसँग खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात उनको घर तलासी गर्दा नगद १ लाख १३ हजार १ सय ६० रूपैयाँ फेला पारी उनलाईसमेत प्रहरीले पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ