arrow

विपद् जोखिम र जलवायु परिवर्तनका असर न्यूनिकरणका लागि छुट्टै मन्त्रालय चाहिन्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
govinda-pokhrel-1.jpg

काठमाडौँ ।  पूर्वाधारविज्ञ गोविन्द पोखरेलले विपद् जोखिम र जलवायु परिवर्तनका असर न्यूनिकरणका लागि काम गर्ने छुट्टै मन्त्रालय चाहिने बताएका छन्। बाढीपहिरो जस्ता विपद् हेर्ने र जलवायु परिवर्तनको असर न्यूनिकरणमा काम गर्ने मन्त्रालय छुट्याउन आवश्यक भएको उनले बताए।

त्यस्तो मन्त्रालय बनाएमा विपद् व्यवस्थापन, उद्धार, राहत र पुनःनिर्माणमा राज्यका सबै निकाय लाग्नुपर्ने अवस्थाको अन्त्य हुने पनि उनले बताए।नेपालले संरचना बनाउने र विकास गर्ने शैली, क्रियाकलाप, मापदण्ड, सुशासन र जलवायु परिवर्तन न्यूनिकरणको लागि छुट्टै जलवायु परिवर्तन र विपद् व्यवस्थापन भनेर मन्त्रालय छुट्याउनुपर्ने उनको भनाइ छ।

वन तथा वातावरण र गृह मन्त्रालय मातहतमा विपदलाई राख्न नहुने भन्दै त्यसलाई छुट्याउन आवश्यक रहेको बताए।‘विश्वमा सबैभन्दा बढी विपद्को जोखिम रहेको देशमा पर्छ। विभिन्न कारणले हामीले अपनाएको विकासको मोडलले प्रकृतिलाई अण्डरमाइन गरेर विकास गरेका छौं। अहिले विश्वव्यापी रुपमा जलवायु परिवर्तनले गर्दा अतिवृष्टि, अनावेष्टि, हिमनदी फुट्नेलगायत सुख्खा आगालागी जस्ता धेरै विपद् आएका छन्। जुन अन्तर्राष्ट्रिय कारणले पनि भएका छन्। नेपाल आगामी दिनमा विपद्को जोखिममा पर्ने बढी सम्भावना बढ्दै गएको छ। नेपालले भूकम्प र बाढी पहिरोबाट धेरै धनजन गुमाउनुपरेको छ, ठूलो धनजनको क्षति भएको छ,’ उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ