arrow

लागूऔषध र नगदसहित मिया पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
miya-akrau.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ बाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा-१३ मियाँपाटनका ३७ वर्षीय अक्रम मियाँ छन् ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । मियाँको ग२४प ५७७९ नम्बरको स्कुटर चेकजाँच गर्दा लागूऔषध भेटिएको प्रहरीले जनाएको छ ।

सोक्रममा नाइट्राजीपाम ट्याब्लेट आइपी १० एमजी नाइट्राभेट लेखिएको १५० थान, मोवाइल चार थान र ३६ हजार रुपैयाँ नगद तथा विभिन्न बैँकका चेक बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

मियाँविरुद्ध लागूऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतको स्वीकृत अनुमतिले अनुसन्धान प्रकृया अघि बढाइएको डीएसपी शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ