arrow

सतचालीस फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनामै ४७ जना विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

अदालतको फैसला कार्यान्वयनको लागि ४७ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

असोज १ देखि ३० गतेसम्ममा जिल्ला तथा मातहत प्रहरी कार्यालबाट खटिएको टोलीले ४७ जनालाई नियन्त्रणमा लिन सफल भएको डीएसपी शर्माले बताए ।

पक्राउ पर्ने पुरुष ३५ जना महिला १२ जना छन् । जसमा घरेलु हिंसाका २, चेक अनादारका ३१, चोरीसम्बन्धी ४, बैंकिङ कसुरका ७, लागूऔषधसम्बन्धी १, सार्बजनिक सम्पत्तिको हानी नोक्सानी गरी भ्रष्टचार गरेका १ तथा लेनदेन बिगो मुद्दाका १ जना छन् ।

उनीहरुलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको डीएसपी शर्माले बताए ।

उनीहरुबाट चार वर्ष १४ दिन कैद सजाय र ८० लाख छ हजार नौ सय दुई रुपैया जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ