arrow

पक्राउ पर्नुअघि पार्टी कार्यालयमा रविले के भने ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
ravi-lamichhene-07-03.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रवार साँझ पक्राउ परे । पार्टी कार्यालय वनस्थलीबाट प्रहरीले सहकारी ठगीमा लामिछानेलाई पक्राउ गर्‍यो । पक्राउअघि पार्टी कार्यालयमा सम्बोधन गर्दै सभापति लामिछानेले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाए । उनले आफ्नो बचाउमा डटेर सामना गर्न पनि सबैलाई अपिल गरे । आफूलाई आगामी दिनमा चुनाव लड्न नदिने र आफ्नो पार्टी रास्वपालाई पनि फुटाउने नियतका साथ आफूमाथि पूर्वाग्रह साँधिएको सभापति लामिछानेको जिकिर थियो । उनले आफू निर्दोष रहेको र अदालतले आफूमाथि न्याय गर्ने विश्वास समेत व्यक्त गरे । सभापति लामिछानेले आफूमाथि नेपाली जनताले आशा गरेकाले त्यसलाई पूरा गर्ने आफ्नो अभियानमा साथ दिन पनि सबैलाई आग्रह गरे । 

उनले भने, ‘आम नेपाली नागरिकले सबै कुरा देखेका छन्, बुझेका छन् । म यति एउटा कुरा भन्न चाहन्छु–यदि उनीहरूले जस्तै सम्झौता गरेको भए, कुनै सम्झौता गरेको भए सायद सरकार लम्बिन्थ्यो होला । हामीले यो अप्ठ्यारो महसुस गर्नुपर्ने थिएन । तर हामीले कुनै पनि सम्झौता गरेनौ । म सरकारको बाध्यता बुझ्दछु, मलाई थाहा छ । जुन दिन सरकार ढाल्ने निर्णय भएको थियो । त्यसै दिन रविलाई जसरी भए पनि हामी जेल कोच्छौँ भन्ने सम्झौता भएको मलाई सूचना छ । मलाई कुनै चिन्ता छैन । व्यक्तिका रूपमा त झन् मलाई कुनै चिन्ता छैन, धेरै चिज पाइसकेको छु । तर अभियानको रूपमा देशले आशा र भरोसा गरेको जुन देखियो, त्यो आशा र भरोसामाथि जुन प्रहार भएको छ । त्यो प्रहारलाई हामी सामना गर्नेछौँ । म कुनै पनि किसिमको न्यायिक जाँच दिनका लागि अदालती प्रक्रियालाई सम्मान गर्न चाहन्छु । तर यो राजनीतिक पूर्वाग्रहमा खुलेर लड्नका निम्ति पनि अपिल गर्न चाहन्छु । म सम्मानित अदालतप्रति आशा राख्दछु,विश्वास राख्दछु । भन्न त यहाँ अदालत पनि मिलाउला, तँलाई कहाँ छोडौला र । तँलाई चुनाव नै लड्न नसक्ने र तेरो पार्टीलाई नफुटाई नछोड्ने प्रतिशोधका साथ पनि मान्छेहरू लागेका छन् भन्ने मलाई थाहा छ । तर ती सबै कुराहरू सामना गर्ने साहस बोकेर हामी उभिएका छौं । म व्यक्तिका रूपमा तपाईँहरूले साथ दिनुहोस् भनेर भन्दिन । तर अभियानका रूपमा नेपाली जनताले देखेको यो सपनालाई पूरा गर्नका लागि साथ दिन अनुरोध गर्न चाहन्छु । र म अन्त्यमा यति मात्रै भन्न चाहन्छु–मैले कुनै पनि किसिमको अपराध गरेको छैन । यो अपराध नगर्दा पनि जुन राज्यले सम्पूर्ण स्रोत लगाएर आफ्नो सम्पूर्ण शक्ति लगाएर यो जुन कार्य गरेको छ । यसलाई नेपाली नागरिकले हेरेका छन् भन्ने मैले विश्वास गरेको छु । तर पनि म न्यायिक प्रक्रियामा सघाउने एउटा सचेत नागरिक भएको हुनाले म त्यसमा प्रतिबद्ध भएको जानकारी गराउँदै बिदा चाहन्छु । यहाँहरू सबैलाई राज्यले गरेको यो दादागिरीलाई डटेर सामना गर्नका लागि साहस मिलोस् भनेर पनि अनुरोध गर्दछु ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ