- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । उनलाई कहाँ र कस्तो अवस्थामा राखिएको छ भन्ने कुरा सार्वजनिक भएको छैन । उनी पूर्वउपप्रधान तथा गृहमन्त्री भएकाले भीआईपी सुविधा पाउने बताइन्छ।
पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरिएको थियो । उनलाई पक्राउ गर्न प्रहरीले शुक्रबार नै कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । त्यसलगत्तै उनलाई रास्वपाको पार्टी कार्यालयबाट उनलाई पक्राउ गरिएको हो ।
उनलाई राति नै पोखरा ल्याइएको हो । उनलाई शनिबार ३ बजे कास्की प्रहरी कार्यालयमा ल्याइएको थियो । त्यसअघि उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
लामिछानेलाई आइतबार अदालत पेस गर्ने कास्की प्रहरीको तयारी छ । रास्वपाका समर्थकले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा भेला भएर नाराबाजी र सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए । साथै कास्की प्रहरी कार्यालय अगाडि पनि रास्वपा कार्यकर्ताले नाराबाजी गरेका थिए ।
योसँगै सूर्यदर्शन सहकारीको रकम अपचलन गर्नेमाथि अनुसन्धान प्रक्रिया तीव्ररुपमा अघि बढेको छ । गत असोज ६ गते पक्राउ परेको पूर्वडीआइजी छविलाल जोशी पनि कास्की प्रहरी हिरासतमै छन् । उनलाई अदालतले शुक्रबार तेस्रो पटक २० दिनको म्याद थपिदिएको छ ।
साथै सहकारी ठगी प्रकरणमा जोडिएका अन्य १६ जनालाई पक्राउ अनुमति दिएको छ । लामिछाने पक्राउ परेसँगै सूर्यदर्शन सहकारी पीडितले अब झिने आशा पलाएको बताएका छन् ।
यता, पार्टी सभापति लामिछानेलाई पक्राउ गरी पोखरा ल्याएसँगै रास्वपाका नेता कार्यकर्ता पोखरा आउनेक्रम शुरु भएको छ । केही स्थलमार्ग र केही हवाई मार्ग हुँदै पोखरा आउँदैछन् । देशभरबाट पार्टी कार्यकर्ता पोखरा आउने अनुमान गरिएको छ ।
रास्वापका उपसभापति स्वर्णिम वाग्ले, उपाध्यक्ष डीपी अर्याल र रविकी पत्नी निकिता पौडेल लामिछाने पोखरा आइसकेका छन् ।
शुक्रबार पार्टीका विभिन्न तहका बैठक बसेर नेता कार्यकर्तालाई हाइअर्लटमा रहन निर्देशन दिइएको छ । पार्टीका नेता र कार्यकर्ता पोखरामा जम्मा भएर सभापति लामिछाने पक्राउको विरोध गर्ने तयारी छ । लामिछाने पक्राउपछि पोखरामा सुरक्षा सतर्कता बढाइएको छ ।
यसअघि रवि पक्राउ पर्नुअगाडि नै रास्वपाका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले अब पोखराबाट न्यायको लडाइँ शुरु हुने बताएका थिए ।
लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बुर्लाकोटीले सामाजिक सञ्जालमा लेख्दै निर्दोषहरूका न्यायका लागि पोखराबाट लडाइँ शुरु हुने टिप्पणी गरेका थिए ।
पार्टीका कार्यबाहक महामन्त्रीले सामाजिक सञ्जालमा लेखेसँगै रास्वपाका बाँकी नेता तथा कार्यकर्ताले केपी शर्मा ओली नेतृत्वको सरकारको चर्को विरोध गरेको थियो ।
उनी काठमाडौँबाट शुक्रबार साँझ पक्राउ पर्दा पनि कार्यकर्ताहरुले वनस्थलीको मुख्य सडकमा आएर चर्को विरोध गरेर सडक नै अवरोध गरेका थिए ।
त्यस्तै रविलाई मुग्लिनमा ल्याउँदा पनि कार्यकर्ताले विरोध गरेका थिए ।
यसो लेखेका थिए बुर्लाकोटीले सामाजिक सञ्जालमा–
दोषी जति उम्काउने, दोषीसँग आफै करोडौंको उपहार लिने । निर्दोषलाई जबरजस्ती फसाउने रु यस्तो निर्लज्ज सरकार, यो सरकार होइन सरकारको नामको जनघाती कलङ्कहरूको गठबन्धन हो ।
निर्दोषलाई जबरजस्ती फसाउने अराजनीतिक चरित्रका विरुद्ध घोर भर्सना गरौं।
रास्वपा सभापति विरुद्ध पक्राउ पुर्जी जारी गर्न दशैंअघिदेखि निरन्तर प्रयास गरेको सरकार प्रमाण नपुग्ने भन्दै अदालतबाट बारम्बार रितो हात फिर्ता आएको थियो ।
सबैतिरको सेटिङ मिलाइसकेपछि आज बिना आधारको पक्राउ पुर्जी लिएर रवि लामिछाने लाई लिन भन्दै प्रहरीहरू सहर यस्तै त रहेछ हामीले भनेर नहुने भन्दै आइपुगे । के गर्नु रु नेताको नामका देशका कलङ्कहरूको आदेश जो छ । निर्दोषहरूका न्यायका लागि अब यो देशमा आन्दोलन अगाडि बढ्नेछ । अब पोखराबाट न्यायको निम्ति लडाई सुरु हुनेछ ।
न्यायप्रेमी जनप्रतिमी देशप्रेमी साथीहरु पोखरा आउनलाई तयारी गर्नुहोला । सहकारी पीडितहरूलाई न्याय दे । निर्दोषलाई झोस्ने, दोषीलाई पोस्ने नाटक बन्द गर । उपहारको नाममा दोषीसँग करोडौंको घुस लिने घुस्या राजिनामा दे ।