- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति एवं एमाले सांसद सूर्य थापाले सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेप्रति व्यङ्ग्य गर्दै कलाविहीन नाटक मन्चन गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै ‘प्रतिशोध’ को कलाबिहीन नयाँ नाटक मन्चन भइरहेको बताएका हुन् ।
रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउ प्रकरणलाई ‘प्रतिशोध’ बताएपछि यसप्रति व्यङ्ग्य गर्दै सभापति थापाले यसलाई ‘कलाविहीन नाटक’ भनेका हुन् ।
उनले भनेका छन्, ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मन्चन भइरहेछ ‘प्रतिशोध’ सुपरफ्लप हुने बाटो– प्रतिक्षा गरौं ।’
थापा नेतृत्वको संसदीय समितिले लामिछानेलाई दोषी ठहर गर्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । समितिको प्रतिवेदनकै आधारमा लामिछानेलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमतिमा काठमाडौँबाट पक्राउ गरेर पोखरा पुर्याइएको छ ।
लामिछानेलाई आइतबार अदालतमा पेश गरिने छ ।