arrow

रविको पक्षमा पोखरा र काठमाडौँमा प्रदर्शन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
birodh-ravi.jpg

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेता-कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

शनिवार बिहानैदेखि पोखरा र काठमाडौँ माइतीघरमा भेला भई पार्टीका नेता-कार्यकर्ताहरुले पार्टी सभापति लामिछाने पक्राउ परेकोमा विरोध जनाएका हुन् । 

पोखरामा भेला भएका कार्यकर्ताहरूले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए । उनीहरुले सहकारी पीडितलाई न्याय दे, मानव तस्करहरुलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका प्लेकार्ड र नारा लगाइ विरोध जनाएका छन् । 

काठमाडौंको माइतीघरमा प्रदर्शनकारीहरूले सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दावाद, दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने, भाट-भटेनी सरकार मुर्दावाद, सरकार मर्‍यो, जनतालाई जुठो पर्‍यो लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए । 

रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रिय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो । 

सभापति लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ