arrow

रविको समर्थनमा सार्वजनिक सम्पत्ति तोडफोड, यस्तो आन्दोलनलाई समर्थन नगर्ने गणेश कार्कीको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
ganesh-karki-rsp.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि विभिन्न जिल्लामा नेता कार्यकर्ता आक्रोशित हुन थालेका छन् । यही बीचमा नेपाली राजनीति बिगार्न सक्रिय शक्ति पनि लागेको दाबी गर्न थालिएको छ । 

तर रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्ने बताएका छन् । 

रवि लामिछाने पक्राउ परेपछि विभिन्न जिल्लामा सडक बन्द गर्ने, टायर बाल्ने जस्ता घटना हुन थालेपछि कार्कीले विरोधको यो तरिकालाई रास्वपाले समर्थन नगर्ने बताएका हुन् ।  

उनले यस्ता किसिमका आन्दोलन गर्ने रास्वपा या रवि लामिछानेका समर्थक हुन नसक्ने बताएका छन् । 

शुक्रबार साँझ रास्वपाको पार्टी कार्यालयबाट सहकारी ठगी, संगठित अपराध, किर्ते र सम्पत्ति शुद्धीकरणका लागि छानबिन गर्न लामिछाने पक्राउ परे लगत्तै रास्वपाका कार्यकर्ताले वनस्थलीमा सडकमा उत्रिएर नाराबाजी गर्दै सडक जाम गराएका थिए । 

यसो लेखेका छन् सामाजिक सञ्जालमा कार्कीले–  
विरोधको यो तरिकालाई रास्वपाले कहिले पनि समर्थन गर्दैन । नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्दछ । यस्ता किसिमका आन्दोलन गर्ने रास्वपाका या रवि लामिछानेका समर्थक हुनै सक्दैनन् । 

यसैले, नागरिकका मुद्दा अझ बढी उठाउने, विधिलाई हुबहु लागू गर्ने र गराउनेमा उपस्थित हुँदा रचनात्मक र शान्तिपूर्णरुपमा भइदिनु हुन आग्रह छ । तथा, समर्थककारूपमा घुसपैठ गरेर रास्वपाका नाममा खराब गर्ने सम्भावना रहेको हुँदा सचेत भएर त्यस्तो भेटिएमा प्रहरीलाई जिम्मा लगाइदिन हुन अनुरोध छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ