arrow

रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा लगिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
ravi-lamichhane-81-7-2r.jpg
तस्बिर – फाइल ।

पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो । लामिछानेको म्याद थपका लागि न्यायाधीश नवराज दाहालको इजलासमा पेसी तोकिएको छ ।

यसअघि पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीसँगै जोडेर रवि लामिछानेलाई अगाडि बढाउने प्रहरीको योजना छ । जोशीको बयान सकिएको छ । उनी असोज ६ गतेदेखि नै जेलमा छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौँबाट लामिछानेलाई पक्राउ गरेर शनिबार बिहान पोखरा ल्याएको थियो । 

पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ । त्यसमध्ये ७ जनालाई अदालतबाट अनुमति लिएर र २ जनालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको थियो । 

जोशी र लामिछाने गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम लगेर दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ