arrow

रास्वपा कार्यकर्ताले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रुग्यास प्रहार, प्रदर्शनकारी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
rsp-ghaite-81-7-4r.jpg

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा म्याद थपका लागि लगिरहँदा उनको पार्टीका कार्यकर्ताहरु भने आक्रोशित भएका छन् । उनीहरुले निषेधित क्षेत्र तोडेर प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले पनि स्थिति नियन्त्रणमा लिन पानीको फोहरासँगै अश्रुग्याँस प्रहार गरेको छ । 

जसका कारण रास्वपाका कार्यकर्ता घाइते भएका छन् । निषेधित क्षेत्रमा गई प्रदर्शन गरिरहेका कार्यकर्तामाथि प्रहरीले पानीको फोका र अश्रुग्यास प्रहार गरेको हो । जिल्ला प्रशासन कार्यालय कास्कीले प्रशासन क्षेत्र वरिपरी, कास्की जिल्ला अदालत, सहिदचोक आसपास लगायतका क्षेत्र निषेधित तोकेको थियो ।

रास्वपाका नेता कार्यकर्ताले लामिछाने पक्राउको विरोधमा शहीद चोकमा नाराबाजी गरिरहेका छन् । 

रविले अदालत भित्र छिर्नुअघि सरकार नढल्दासम्म कार्यकर्ताहरुलाई सडकमा संघर्ष गरिरहन आह्वान गरेसँगै कार्यकर्ताहरु हौसिएका छन् । 

उता सहकारी पीडितले पनि आन्दोलन चर्काइरहेका छन् । रवि पक्राउ परेपछि आफूहरुको डुबेको रकम उठ्ने आशामा उनीहरु सडकमा उत्रिएका हुन् । 

यता, प्रहरी स्रोतका अनुसार दुवै आन्दोलनमा घुसपैठ भएको शंका गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ