arrow

कार्यकर्तालाई उक्साएर अदालत छिरेका रविले भने – मलाई न्यायालयप्रति विश्वास छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
ravi-pokhara-adalat-81-7-4w.jpg

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई न्यायालयप्रति विश्वास भएको बताएका छन् । कास्की जिल्ला अदालत परिसरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले आफूलाई न्यायालयप्रति विश्वास रहेको भने पनि कार्यकर्तालाई भने सडकमा आएर केपी शर्मा ओली नेतृत्वको सरकार नढलुन्जेल आन्दोलन गरिरहन उक्साएका छन् । 

उनले भने, ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुःख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ ।’

रविले कार्यकर्तालाई सम्बोधन गरेर उक्साएपछि निषेधित क्षेत्रसमेत तोडेर प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् । 

रविलाई प्रहरीले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न समय थपका लागि अदालत लगेको हो । 

उनी सहकारी ठगीमा दोषी देखिएको संसदीय छानबिन समितिको प्रतिवेदनले बताइसकेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ