arrow

लागुऔषधसहित दुई युवा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
saroj-bikash-tanahun-police.jpg

पाेखरा। जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार बिहान लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा फेदीखोला गाउँपालिका वडा नं ३ का २२ वर्षीय सरोज सुवेदी र कास्की पोखरा महानगरपालिका वडा नं ९ का २० बर्षीय विकास श्रेष्ठ छन् ।

तनहुँ प्रहरीका सूचना अधिकारी डीएसपी अशोक थापाका अनुसार काठमाडौँबाट पोखरा आउँदै गरेको बा१प १३९० नम्बरको पर्यटक बसमा उनीहरु सवार थिए ।

विशेष सूचना पाएर प्रहरीले आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनीटारस्थित पृथ्वीराजमार्गमा सो बस रोक
चेकजाँच गर्दा उनीहरु लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट तेलको काटुन भित्र लुकाई छिपाई राखिएको डाएजापाम १५४, फेनेरागन १५४ र बुप्रिनोफिन १५४ गरी ४६२ एम्पुल लागूऔषध बरामद भएको डीएसपी थापाले बताए ।

उनीहरुबिरुद्ध तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ