arrow

केएमसीमा निःशुल्क शल्यक्रिया गर्न आए सर्लाहीबाट बिरामीहरु [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
kmc-07-05-min.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा निःशुल्क शल्यक्रिया गर्नका लागि सर्लाहीको तीन ठाउँबाट बिरामीहरु आएका छन् । 

केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार सोमबार २० जना बिरामी आइपुगेको र आउने क्रम जारी रहेको छ । 

उनीहरुको शल्यक्रिया सबै निःशुल्क हुने उनले बताए । औषधि भने बिरामीले किन्नुपर्ने उनले बताए । 

केही समयअघि केएमसीको टोलीले सर्लाहीका विभिन्न पाँच स्थानमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा शल्यक्रिया गर्नुपर्ने भनी रेफर गरिएका बिरामीहरु अहिले आएका हुन् । 

अहिले आएका बिरामीहरु हिरापुर बलरा र कौडिन्या गरी तीन ठाउँका मात्र हुन् । 

त्यसैगरी सप्तरीबाट पनि शल्यक्रियाका लागि बिरामीहरु आउनका लागि समय दिइसकेको दाहालले जानकारी दिए । सप्तरीबाट आउनेलाई अस्पताल सेवा सबै निःशुल्क हुनेछ ।  

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ भने शल्यक्रिया पनि निःशुल्क गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ