arrow

सचेतक परियारको दाबी- अदालतले रविलाई बुधबार छोड्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
santosh-pariyar-07-06.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अदालतले रवि लामिछानेलाई बुधबार छोड्ने दाबी गरेका छन् । सोमबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परियारले यस्तो दाबी गरे । उनले अदालतप्रति रास्वपाको उच्च सम्मान रहेको भन्दै बुधबार अदालतले लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्दैन भनेर छोड्ने बताए । 

उनले नेपालको इतिहासमा खासखास समयमा अदालतले न्याय सम्पादन गरेको बताए । उनले सरकारले अदालतको न्यायप्रणालीलाई बिगार्ने काम गरेको आरोप लगाए । उनले पोखरामा बाहिरबाट पार्टीका कार्यकर्ता नआएको बताए । 

उनले भने,‘अदालत प्रति रास्वपाको उच्च सम्मान छ । नेपालको इतिहासमा खासखास समयमा अदालतले न्याय सम्पादन गरेको छ । सरकारले अदालतको न्यायप्रणालीलाई बिगार्ने काम गरेको छ । बुधबार कार्की अदालतले रवि लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्ने केही छैन भनेर छाड्छ भन्ने विश्वास छ । अदालत प्रति विश्वस्त छौं । अन्यायको विरुद्ध बोल्न केही बाहिरबाट कार्यकर्ताहरू आउनुभएको छ । तर बाहिर भनेजस्तो सबै साथीहरू बाहिरबाट आउनुभएको छैन । पोखरा रवि लामिछानेको पक्षमा एक दिन जुरुक्क उठ्नेछ । सरकार विरुद्ध लाग्नेछ । हाम्रो विश्वास अदालतप्रति छ तर सरकारप्रति छैन ।’

उनले सरकार विरुद्ध रवि लामिछानेलाई रिहाइ गर्ने आन्दोलनमा पोखरावासीको साथ आवश्यक रहेको बताए । उनले पोखरा सचेत नागरिक बस्ने ठाउँ भएकाले सरकार विरुद्ध रास्वपाको आन्दोलनमा साथ दिने आशा व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ