arrow

बीस लाख भारतीय रुपैयाँसहित छ जना पक्राउ

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
illegal-goods-indian-81-7-5.jpg

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट स्रोत नखुलेको २० लाखभन्दा बढी भारतीय रुपैयाँसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको मुम्बईबाट आएका ५ जना र गोंडा जिल्लाबाट आएका १ जना रहेको प्रहरीले जनाएको छ । ५ जना पुरुष र १ महिला रहेको कपिलवस्तु जिल्लाका प्रहरी नायब उपरीक्षक मोहन मणी अधिकारीले  जानकारी दिए ।

उनीहरूलाई कृष्णनगर लिंक गेटमा नियमित चेकजाँचको क्रममा सोमबार बेलुका नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

प्रहरीले चेकजाँच गर्ने क्रममा दुईवटा भारतीय नम्बर प्लेटका गाडी पनि नियन्त्रणमा लिएको छ । युपी ४२ डीटी ५७२१ नम्बरको गाडीबाट ७ लाख ५० हजार र युपी ६६६३ नम्बरको गाडीबाट १३ लाख भारतीय रुपैयाँ फेला परेको हो ।  

पक्राउ परेका व्यक्तिहरूको साथमा रहेका यी रकमहरूको कुनै वैध स्रोत नखुलेपछि प्रहरीले तुरुन्तै उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

स्रोत नखुलेको यति ठूलो परिमाणको रकमले प्रहरीले अवैध कारोबार, गैरकानूनी आर्थिक लेनदेन, वा अन्य आपराधिक गतिविधिमा संलग्न रहेको शंका गरेको छ ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवैध आर्थिक कारोबार रोक्न प्रहरीले लामो समयदेखि विशेष अभियान सञ्चालन गर्दै आएको छ । 

पक्राउ परेका व्यक्तिहरूलाई हाल कपिलवस्तुको प्रहरी नियन्त्रणमा राखिएको छ । उनीहरूलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाउनका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ