arrow

तीन दर्जन भन्दा बढी जुवाडे पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
juwade-arrest-final.jpg

काठमाडौँ । प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ । जसमा काठमाडौँको टोखा नगरपालिका ३ धनेश्वर डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका ९ घर भएकी ४४ वर्षीया फुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा फुलमायासमेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको  छ । 

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका १५ उषाटोल बस्ने ६० वर्षीय शरद लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछानेसमेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार ६ सय ६० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । बाँके, राप्तिसोनारी गाउँपालिका ६ लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेको अवस्थामा नेपालगंज उपमहानगरपालिका ६ बस्ने ४१ वर्षीय मेघनाथ कुचबन्दियासमेत २० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९१ हजार रूपैयाँ र १४ बुकसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ