arrow

रक्षा मन्त्रालयमा प्रधानसेनापति सिग्देल

सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको आपत्कालीन उद्धारका लागि योजना बनाइँदै [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
ashokraj-shigdel-07-07.jpg

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिकको आपत्कालीन उद्धारका आवश्यक योजना तयार गरिरहेको बताएका छन् । आइतबार रक्षा मन्त्रालयमा भएको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले सिरिया र लेबनानमा अहिले युद्ध चर्किरहेको र नेपाली शान्ति सेनाहरू अवस्थित रहेको भन्दै उनीहरूलाई आपत्कालीन उद्धार आवश्यक भएको खण्डमा उद्धारका लागि आपत्कालीन योजना नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा बनाइरहेको बताए ।

उनले इजरायल र लेबनानमा अहिले चरमपन्थी समूह हिजबुल्लाहबीच युद्ध जारी छ । संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन (युनिफिल) अन्तर्गत लेबनानमा खटिएका नेपाली शान्ति सैनिक केही असहज अवस्थामा रहेको भए पनि सुरक्षित रहेको बताए । 

उनले भने, ‘५२ जना सिरियामा छन् । १३२९ जनाको फौज शान्ति सेनामा छ । १३२९ जनामध्ये अहिले अलिकति अप्ठ्यारो स्थितिमा रहेका सैनिकहरू भनेको केही मात्रै छन् । उनीहरूको अवस्थाको हकमा सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने लडाइँ भइरहेको ठाउँ हो । उनीहरू द्वन्द्वको बिचमा छन् । गोली हानाहान भइरहेको क्षेत्रमा छन् । सामान्य अवस्थाको भन्दा सुरक्षाको स्थिति अलिकति असहज छ । तर त्यो असहज स्थितिमा पनि उनीहरू पूर्णतया सुरक्षित छन् । बङ्करहरूमा बसेका छन् । कथंकदाचित धेरै ठूलै खालको स्थिति आयो भने त्यस्तो परिस्थितिमा के गर्ने भन्नेमा हेडक्वार्टर त्यसको योजना बनाउँदै छ । नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा त्यस्तो अवस्थामा त्यहाँ तैनाथ फौजलाई कसरी नेपाल ल्याउने र सुरक्षित स्थानमा लैजाने भन्ने योजना तयार गरेका छौँ । हामी त्यहाँ रहेका नेपाली सेनासँग प्रत्यक्ष सम्पर्कमा छौँ । हाम्रो फौजलाई अप्ठ्यारो पार्ने सम्भावना धेरै कम छ ।’

उनले शान्ति सेनामा रहेका नेपाली सैनिकलाई अप्ठ्यारो पार्ने सम्भावना भने कम रहेको दाबी गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ