arrow

दमकमा जग्गा विवादमा ३७ वर्षे यमुले गुमाए ज्यान, प्रहरीले मानेन जाहेरी लिन

logo
युवराज रेग्मी, 
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
yamu-niraula-damak.jpg

झापा । झापाको दमकमा  जग्गा विवादका क्रममा मंगलबार एक युवकको ज्यान गएको छ। दमक नगरपालिका वडा नं  ९ का ३७  वर्षीय  यमु निरौलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमक नगरपालिका ३ मा मंगलबार साँझ जग्गाको निहुँमा दुई पक्षबीच झडप भएको थियो। झडपका क्रममा प्रहार गरिएको  ढुङ्गाले लागेर गम्भीर घाइते भएका निरौलालाई राति नै उपचारका लागि आम्दा अस्पताल दमकमा लगिएको थियो। यद्यपि घाइतेको समस्या गम्भीर भएका कारण  उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको  छ।

हाल पीडित पक्षले ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिन लागे पनि इलाका प्रहरी कार्यालयले जाहेरी लिन नमानेको मृतकका आफन्तहरुले जनाएका छ्न् । 

बुधबार इलाका प्रहरी कार्यालय परिसरमा मृतकका आफन्तहरु उपस्थित भएका छ्न् ।

प्रहरीका अनुसार घटनामा संलग्नको खोजी तीव्र बनाएको र केही शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।

उनी मंगलबार साँझ दमक ३ स्थित मावा खोलामा घाइते अवस्थामा भेटिएका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ