arrow

सहकारी प्रकरणमा पक्राउ परेकी लीला पछाइको पनि सात दिन म्याद थपियो, तिहार हिरासतमै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
lila-suryadarsan-sahakari.jpg

पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमै रहेकी लीला पछाइलाई पनि अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बिहीबार जिल्ला अदालत कास्कीले पछाइलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

पछाई गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १५ खुमलटार बस्दै आएकी थिइन् ।

उनी असोज १४ गते पोखराबाटै पक्राउ परेकी थिइन् । उनीमाथि सूर्यदर्शन सहकारीका तत्कालिन अध्यक्ष गितेन्द्रबाबु राईसँग मिलेर तीन करोड रुपैयाँ अपचलन गरेको आरोप छ । उनले सो रकमबाट चल अचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गरेकी थिइन् ।

सहकारी ठगी प्ररकणमा जोडिएका पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई पनि आजै सात दिन म्याद थप भएको छ ।

तीनै जनाको समय सात दिन थपिएको भए पनि अब २० गतेसम्म हिरासतमै रहनु पर्नेछ । 

१५ गते अदालतमा म्याद थपका लागि जानुपर्ने भए पनि तिहारको बिदा १५ गतेदेखि नै शुरु हुने भएकाले उनीहरु तीनै जनाकाे तिहार यसपालि हिरासतमै हुने भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ