arrow

एक्काइस जुवाडे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
juwade-arrest-final.jpg

काठमाडौँ । प्रहरीले उदयपुर, मोरङ र सिराहाबाट जुवातास खेलिरहेका २१ जनालाई पक्राउ गरेको छ । जसमा उदयपुर, त्रियुगा नगरपालिका ९ गैरून माथान टोलस्थित जंगबहादुर राईको कुखुराको फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका ९ बस्ने ३७ वर्षीय राजु कार्कीसमेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १४ हजार ५ सय ७५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो । 

त्यस्तै मोरङ, सुनवर्षी नगरपालिका ९ भेडवाथान बस्ने कहरसिंह राजवंशीको घरमा जुवातास खेलिरहेको अवस्थामा कहरसिंह समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८२ हजार रूपैयाँ, ४ बुक तास र ४ थान मोबाइल सहित पक्राउ गरेको हो । 

त्यसैगरी सिराहा, सिरहा नगरपालिका ७ स्थित थापा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ७ बस्ने ४१ वर्षीय पाण्डव मुखिया समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय सिराहा र जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार २ सय ६५ रूपैयाँ, ७ बुक तास, ६ थान मोबाइल र ५ थान मोटरसाइकल सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ