arrow

चोरी आरोपमा दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १० शनिबार
goma-rambahadur-pakrau.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको भिमसेन गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं १५ घलेचोक बस्ने ३९ वर्षीय रामबहादुर नेपाली र २६ वर्षीया गोमा गुरुङ छन् ।

प्रहरीका अनुसार उनीहरुले यही कात्तिक १ गते पोखरा ८ न्यूरोडस्थित एक घरबाट सुनको सिक्री एक थान, घडी एक थान र नगदसमेत चोरी गरेका थिए ।

पीडितको सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको टोलीले कात्तिक ८ गते उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट चोरी भएकै सुनको सिक्री, घडी र विभिन्न कम्पनीका तीन थान मोबाइल सेट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ