arrow

यमु निरौला हत्या प्रकरणमा प्रहरीको भूमिकामाथि नै शंका 

logo
युवराज रेग्मी, 
प्रकाशित २०८१ कार्तिक १० शनिबार
birodh-damak-81-10-26.jpg

दमक । झापाको दमक ९ का यमु निरौलाको हत्या प्रकरणमा जोडिएका सबैलाई राजनीतिक दबाब र प्रभावमुक्त भएर कारबाहीको दायरामा ल्याउन माग गर्दै शनिबार बिहानदेखि विरोध प्रदर्शन भयो । 

निरौला हत्यामा सम्लग्न मुख्य आरोपीहरुलाई पक्राउ गर्न प्रहरीले आनाकानी गर्दा पाँचौँ दिनसम्म पनि पीडित पक्षले निरन्तर प्रदर्शन गरिरहेका हुन् ।
 
पीडित पक्षले इलाका प्रहरी कार्यालय दमक अगाडि हत्यारालाई कारबाही गर, मान्छे मार्न पाइँदैन, यस्तो डीएसपी चाहिँदैन जस्ता चर्का नारा लगाएका छ्न् । 

प्रदर्शनकारीहरुले इलाका  प्रहरी कार्यालय दमकको गेट अगाडि नै टायर बालेर प्रदर्शन गरेका छ्न् । कार्यालयभित्र डीएसपी निशान थापाले दमक नगर प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराई, वडाध्यक्षहरु भीम पौडेल लगायतसँग प्रहरी अनुसन्धानमा भइरहेको प्रगति बारेमा जानकारी गराएका बताइएको छ । 

डीएसपी थापासँगको छलफलबीच बाहिर निस्किएका वडाध्यक्ष पौडेलले प्रहरी अनुसन्धानलाई दबाब र प्रभावमुक्त भएर अघि बढाउन सुझाइएको जानकारी दिए । 

सो प्रकरणमा जोडिएका दमकका बुद्धिमान थापा र नम चेम्जोङको नाम किटानी जाहेरीबाट हटाउनुपर्ने  मृतक निरौला परिवारलाई दबाब दिएका कारण प्रहरीको भूमिकामाथि आशङ्का बढिरहेको छ  ।

 मृतकका दाजु नवराजले भाइको हड्डी मात्रै उठाउने तर हत्यारा नसमातेसम्म शव नबुझ्ने अडान लिइरहेका छ्न् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ