arrow

रविलाई अभद्र व्यवहार गरिएको भन्ने सन्देशप्रति कास्की प्रहरीले जनायो गम्भीर आपत्ति [विज्ञप्तिसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
ravi-lamichhane-arrest-81-7-4.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई कुनै पनि दुर्व्यवहार नगरिएको जिल्ला प्रहरी कार्यालयले स्पष्ट पारेको छ । 

सामाजिक सञ्जालमा रविमाथि प्रहरीले अदालतमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको जस्ता भ्रामक र झूठा र अनुमानमा आधारित कपोलपल्पित भ्रमपूर्ण विचारहरु टिकटकसहित सामाजिक सञ्जालमा आएको भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

हुँदै नभएका झूटा समाचारबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने भन्दै मुद्दाको तथ्यपूर्ण अनुसन्धानमासमेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचनाको सम्प्रेषण गर्न, गराउन पनि प्रहरीले अनुरोध गरेको छ । 

प्रहरीले कानूनअनुसार नै अनुसन्धान गर्न प्रतिबद्ध रहेकोसमेत जनाएको छ । 

सामाजिक सञ्जालमा गत कार्तिक ८ गते रविको म्याद थप्न अदालत लैजाँदा प्रहरी कर्मचारीले अभद्र व्यवहार गरेको बाहिर सम्प्रेषित भएको थियो । त्यतिमात्र होइन रविले आफूलाई हिरासतमा कुनै सेवा सुविधा नदिइएको भनेर न्यायाधीशसँग गुनासो गरेको भनेर हल्ला समेत फैलाइएको थियो ।  

रविसहित सहकारी ठगीमा पक्राउ परेकाहरुलाई ८ गते ७ दिनका लागि म्याद थपिएकामा तिहारका कारण अदालत नखुल्ने भएकाले आगामी २० गतेमात्र पेशी हुनेछ । 

रविमाथि सहकारी ठगीमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि पक्राउ उर्जी जारी गरेको छ । 

रविमाथि अन्य तीन सहकारी रहेका जिल्लाबाट पनि पुर्जी जारी हुने सम्भावना छ । 

रास्वपाले रविमाथि दमन भएको र सरकारले प्रतिशोध साँध्न पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गरेको छ । 

उसले अदालतमा गइसकेको मुद्दामा अदालतलाई प्रभाव पार्नका लागि पहिले पोखरामा र अहिले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ । 

यद्यपि अपेक्षा अनुरुप जनताको साथ नभएपछि रास्वपा यतिबेला तनावमा छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ