arrow

रविलाई रिहा गरिदिन राति–राति कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १३ मंगलबार
bishnu-rijal-news-FNL.jpg.jpeg
तस्बिर – एमाले नेता विष्णु रिजाल, फाइल ।

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका सभापति रवि लामिछानेलाई छुटाउन बालुवाटार पुगेर प्रधानमन्त्रीलाई अनुरोध गरेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा उल्लेख गर्दै नेता रिजालले दिनभर प्रधानमन्त्रीविरुद्ध गालीगलौज गर्ने र राति–राति रविजीलाई बचाइदिनुपर्यो भनेर हारगुहार गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘दिनभरि प्रधानमन्त्रीका विरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति–राति कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् ?

यति हेक्का राखे हुन्छ– राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानूनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहाँले चाहँदैमा मुद्दा फिर्ता सम्भव हुन्न ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ