arrow

एनसेल फाउन्डेसनले बाँड्यो बाढी पीडित बालबालिकालाई शैक्षिक सामग्री र प्रभावितलाई राहत [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १३ मंगलबार
ncell-help-81-7-13.jpg

काठमाडौँ । एनसेल फाउन्डेसनले बाढीका कारण डुबानमा परी प्रभावित भएका बागमती नदी, बल्खु क्षेत्र आसपासका ५०० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । 

व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजना अनुरुप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरेको हो ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको बाढीले गर्दा नदी किनारको बल्खु क्षेत्र डुबानमा परेको थियो । 

यसले गर्दा सो क्षेत्रका विद्यार्थीहरुले आफ्नो किताब, कापीलगायत आफ्ना शैक्षिक सामाग्रहरु गुमाएका थिए ।

सीएसआर अन्तर्गत विपद् तयारी तथा प्रतिकार्यलाई एनसेलले प्राथमिकतामा राख्दै आएको छ । यसै अनुरुप एनसेल फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारहरुलाई राहत वितरण गरेको छ ।

फाउन्डेसनले रोशी गाउँपालिकाका वडा ७, ८ र ११ का २१५ परिवारलाई राहत वितरण गरेको छ । 

यसैगरी पनौती नगरपालिकाका प्रभावित वडा ७ र ८ का ७० परिवारले राहत सहयोग प्राप्त गरेका छन् । 

बाढी प्रभावित चक्रघट्टा गाउँपालिका वडा ४ का ५० परिवारलाई पनि फाउन्ड्सनले हालै मात्र राहत वितरण गरेको छ ।

यसअघि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका वडा ४, ७, ८, १० र १३ का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो । 

यसरी फाउन्डेसनले हालसम्म ५३० भन्दा बढि घरपरिवारलाई राहत सामाग्री वितरण गरिसकेको छ । 

“विगतमा पनि बाढी, पहिरो, भुईचालो, कोभिड जस्ता विपद्मा प्रतिकार्य स्वरुप हामीले यथासक्य सहयोग र साथ दिएका छौं,” एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एण्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्, “यस्तो संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो र हामी आफ्नो कर्तव्य पालना गर्न प्रतिबद्ध छौं ।” 

एनसेल फाउन्डेसनका यी पहलहरुले संकटको समयमा सहानुभूति र एकताको महत्वलाई पुनः पुष्टि गरेको छ । वितरण गरिएका राहत सामग्रीमा खाद्यान्नका सामग्री, हाइजिन किट, ब्याल्ङ्केट लगायतका सामानहरु रहेका थिए । 

फाउन्डेसनले गोदावरीमा कर्मयोग फाउन्डेसनसँगको सहकार्य र अन्य स्थानका हकमा भोलेन्टिर कर्प नेपालको सहकार्यमा एनसेलका कर्मचारीहरू सहित प्रभावित वडाहरुमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरुलाई राहत सामग्री वितरण गरेको हो ।
एनसेलले सीएसआर परियोजनाहरु सञ्चालन गर्न आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा गत महिना एनसेल फाउन्डेसनको घोषणा गरेको हो । कम्पनीले सीएसआर अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य लगायतका क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको छ । 

कम्पनीले देशभर विभिन्न सामाजिक कार्यहरुमा रु २ अर्ब भन्दा बढी योगदान गरेर प्रत्यक्ष, अप्रत्यक्ष रुपमा १ करोड ३० लाख भन्दा बढीलाई लाभ प्रदान गरिसकेको छ । 
 

ncell-fopundation-81-7-13 (1).jpg
ncell-fopundation-81-7-13 (2).jpg
ncell-fopundation-81-7-13 (3).jpg
ncell-fopundation-81-7-13 (4).jpg
ncell-fopundation-81-7-13 (5).jpg
ncell-fopundation-81-7-13 (6).jpg
ncell-fopundation-81-7-13 (7).jpg
ncell-fopundation-81-7-13 (8).jpg
ncell-fopundation-81-7-13 (9).jpg
ncell-fopundation-81-7-13 (10).jpg
ncell-fopundation-81-7-13 (11).jpg
ncell-fopundation-81-7-13 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ