नडाहास्थित जीवनको घरबाट नौ लाखसहित १५ जुवाडे नियन्त्रणमा
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २० मंगलबार
656
Shares
तस्बिर – फाइल ।
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले जुवा तास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ। कात्तिक १८ गते आइतबार बिहान बराहक्षेत्र नगरपालिका ३ नडाहा स्थित जीवन कार्कीको घरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरूमा ललितपुर सातदोबाटो निवासी ४४ वर्षीय नवराज राई, सुनसरी इटहरी उपमहानगरपालिका–१ निवासी ५१ वर्षीय प्रदिप तामाङ, बराहक्षेत्र–५ निवासी २७ वर्षीय नारायण कार्की, ४१ वर्षीय उत्तम मगर, बराहक्षेत्र–३ निवासी ३२ वर्षीय बिदुर कार्की, ४४ वर्षीय दिनराज राई, २४ वर्षीय मान बहादुर कार्की, बराहक्षेत्र–८ निवासी ४९ वर्षीय खड्ग बहादुर विष्ट, रामधुनी नगरपालिका–५ निवासी ४६ वर्षीय गौरी शङ्कर लुइटेल, बराहक्षेत्र–३ निवासी ४५ वर्षीय रेवत थापा, ३४ वर्षीय खगेन्द्र कार्की, ३० वर्षीय दिपेन्द्र कार्की, भोजपुर अरुण गाउँपालिका–३ निवासी ४५ वर्षीय जीवन कार्की, हतुवागडी–७ निवासी ३५ वर्षीय ज्ञान बहादुर राई, र भोजपुर आमचोक निवासी ४१ वर्षीय दुर्गाराज राई रहेका छन्। प्रहरीले जुवाको खालबाट ९ लाख ६८ हजार ९ सय ९५ रुपैयाँ नगद र २२ बुङ तास बरामद गरेको छ।
पक्राउ परेकाहरूमाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।