arrow

च्याम्पियन्स लिगमा रेड स्टारमाथि बार्सिलोनाको फराकिलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
champions-league-barca-24-1.jpg

काठमाडौँ । स्पेनिश क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत सर्बियाको क्लब रेड स्टार (सवेर्ना भेज्डा) माथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले रेड स्टारलाई ५–२ गोल अन्तरले जित हासिल गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने इनिगो मार्टिनेज, राफिन्हा र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।

त्यस्तै रेड स्टारका लागि सिलास र मिलसनले एक एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ४ खेलमा ९ अंक भएको छ र लिगमा छैटौँ स्थानमा रहेको छ । त्यसैगरी रेड स्टारले भने यस सिजनको च्याम्पियन्स लिगमा लगातार चार खेलमा हार बेहोरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ