arrow

करेन्ट लागेर सेनाका लेसनायकको मृत्यु, दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
nepal-army-logo.jpg.jpeg

मकवानपुर । मकवानपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नं ८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत २९ वर्षीय पदमबहादुर दियाल छन् ।

डँडेलधुराको गन्याधुरा गाउँपालिका वडा नं १ निवासी उनी लेसनायक पदमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार क्याम्पभित्र सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

सोही क्रममा सँगै काम गरिरेका डँडेलधुराको अमरगढी नगरपालिका वडा नं २ निवासी २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पा रामपुर नगरपालिका वडा नं ६ निवासी २१ वर्षीय सिपाही युवराज कुमाल घाइते भएका छन् ।

उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत आर्मी अस्पताल छाउनी काठमाडौँ पठाइएको र मृतकको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको डीएसपी अर्यालले जानकारी दिए ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ