- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो ।
योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डे दुवैको नाम अनुमोदन गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए ।
उनले भने, ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० बमोजिम समितिमा सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवसमेतको आधारमा सोही नियमावली नियम २६ को उपनियम ५ बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि अनुमोदन गर्ने भनि आजको बैठकले निर्णय गरेको व्यहोरा जानकारी गराउँदछु ।’